Logo

फाइन वाटर समिट २०१५ सम्पन्न, नेपालको ‘अन टप’ पानी उत्कृष्ट

फाइन वाटर समिट २०१५ सम्पन्न, नेपालको ‘अन टप’ पानी उत्कृष्ट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ बैशाख,काठमाडौं । नेपालको ‘अन टप’ ब्राण्डको पानीलाई सबैभन्दा स्वच्छ नरम घोषित गरिएको छ । स्वच्छ भएकोले भर्खर जन्मेका शिशुहरुलाई समेत पिलाउन सर्वोत्कृष्ट रहेको विज्ञहरुको ठहर छ । हालै अमेरिकाको बेभर्ली हिल्स, लसएन्जलस्मा सम्पन्न उच्चस्तरीय स्वच्छ खानेपानी सम्बन्धि अन्तराष्ट्रिय गोष्ठी “फाइन वाटर समिट,२०१५” मा विज्ञहरुले यस्तो बताएका हुन । सो अवसरमा नेपालका तर्फबाट उक्त गोष्ठीमा नेपालको प्रतिनिधित्व हिमालयज स्प्रिङ वाटर प्रालिका प्रमुख कार्यकारी अधिकृत अभिमतराज सुमार्गीले गरेका थिए ।

गोष्ठीमा पानीको उच्चगुणस्तर नाप्ने मापनमा जति थोरै “टोटल डिजल्भ सलिडस (टीडीएस)हुन्छ त्यतिनै राम्रो मानिनेमा नेपालको “अनटप”मा १६ मात्र टीडीएस पाइएको थियो । लाङटाङ् हिमालयको पानीलाई प्रशोधन गरी उत्पादन गरिएको अन टप युनाइटेड अरब इमिरेट्स् दक्षिण कोरिया , जापान , र युरोपका केहि मुलुकमा निर्यात हुदैँ आएको छ ।

गोष्ठीमा नेपालको प्रतिनिधित्व गरेका सुमार्गीले रसुवाको धुन्चेमा रहको हिमालयज स्प्रिङ वाटरको उत्पादन अनटप बारे कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालले अति उच्चस्तरको खानेपानी उत्पादन गर्न सफल भएको र यसको माग अन्तराष्ट्रिय स्तरमा बढ्दै गएको जानकारी दिए ।

गोष्ठीमा अमेरिका, स्पेन,अष्ट्रेलिया, ब्राजिल, स्वीजरल्याण्ड, दक्षिण अफ्रिका, जर्मनी सहित २० मुलुकका कंपनीका उद्योगपति एवम् विज्ञहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL