Logo

एप्पलका ४ मोडलका आइप्याड बजारमा, मूल्य रु.९९ हजारसम्म

एप्पलका ४ मोडलका आइप्याड बजारमा, मूल्य रु.९९ हजारसम्म


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ वैशाख, काठमाडौं । एप्पलका ४ मोडलका आइप्याड नेपाली बजारमा भित्रिएको छ ।  एप्पलको नेपालका लागि आधिकारीक विक्रेता जेनेरेशन नेक्स्ट कम्यूनीकेसनले ४ मोडलका १७ वटा भेरियन्ट भित्राएको हो ।

कम्पनीले आइप्याड मिनी, आइप्याड मिनी ३, आइप्याड एयर र आइप्याड एयर २ गरी चार मोडल नेपालमा बिक्री सुरू गरेको छ । यस अघि एप्पल ग्रे मार्केटबाट बिक्री हुँदै आएको थियो । कम्पनी आधिकारिक विक्रेता बनेसँगै नेपाली बजारमा आइप्याड पहिलो पटक लिगल रुपमा भित्रिएका हुन् ।

यी आइप्याड सिम चलाउन मिल्ने र नमिल्ने दुई प्रकारका छन् । सीम प्रयोग गर्न नमिल्ने आइप्याडमा वाइफाईबाट इन्टरनेट चलाउन सकिन्छ । त्यस्तै सीम लाग्ने आइप्याडमा डाटा र वाइफाई दुबैबाट इन्टरनेट चलाउन मिल्ने कम्पनीले जानकारी दिएको छ ।

यी आइप्याडको मूलय ३८ हजारदेखि ९९ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै कम्पनीले आइप्याडहरुमा १६ जीबी, ६४ जीबी र १२८ जीबी क्षमता रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL