Logo

१० हजार कित्ता सेयर आवेदन दिएका प्रधानमन्त्री २० कित्तामै सिमित, यसरी भयो त्रिशुली ३ बीको आईपिओ बाँडफाँड

१० हजार कित्ता सेयर आवेदन दिएका प्रधानमन्त्री २० कित्तामै सिमित, यसरी भयो त्रिशुली ३ बीको आईपिओ बाँडफाँड



काठमाडौं । जनताको जलविद्युत आयोजनामार्फत १० हजार कित्ता आईपिओ भरेका प्रधानमन्त्री केपी शर्मा ओलीले २० कित्ता मात्रै सेयर पाएका छन ।

३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली ३ वि जलविद्युत आयोजनाको आइपीओ बांडफांड कार्यक्रममा प्रधानमन्त्री, उर्जामन्त्री तथा उर्जासचिव लगायतले २० २० कित्ता मात्रै सेयर पाएका हुन । माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको आईपिओमा आवेदन गरेका ५० हजार २ सय ६७ जना आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सहित कूल ३० कित्ताका दरले शेयर पाएका छन । बाँकी आवेदकलाई भने २० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

आईपिओमा एक लाख ५४ हजार ५ सय ५९ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९ सय कित्ताको आवेदन परेको थियो । आईपिओबाट कम्पनीले ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ संकलन गरेको छ ।

कम्पनीको आईपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता तथा ऊर्जामन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL