काठमाडौं । अघिल्लो हप्ताबाट दोस्रो बजारमा कारोबारमा आएको शिवम सिमेन्टको सेयर कारोबार सुरु हुन नपाउँदै १० प्रतिशतले घट्न पुगेको छ ।
आईतबार कारोबार सुरु भएको १० मिनेटमै सो कम्पनीको सेयर ९ दशमलव ९१ अंकले घट्न पुगेको हो ।
बजारमा सो कम्पनीको सेयर प्रतिकित्ता ४६ रुपैयाँले घटेर १४ लाख ६१ हजार ९ सय रुपैयाँको कारोबार भएको छ । प्रतिकित्ता ४ सय ६४ रुपैयाँबाट कारोबार खुलेको सो सेयर ४ सय १८ रुपैयाँमा झरेको छ ।