ठमाडौं–शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरका सोरुममा समर सेल सुरु गरेको छ । कम्पनीले आईतबार देखि नै उक्त समर सेल सुरु गरेको हो ।
उक्त सेलमार्फत ग्राहकले शिखर सुजका विभिन्न ११ ओटा शाखा बाट ७० प्रतिशत सम्मको छुटमा जुत्ता पाउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम ( खिचापोखरी सोरुमलगायत हेटौंडा स्थित युनाइटेड सु हाउस, विराटनगरस्थित शिखर सोरुम र पोखराको सिद्धार्थ चोकस्थित शिखर सुको सोरुम बाट ग्राहकले भारी छुटमा जुत्ताचप्पल पाउने छन् ।
मेलामा बच्चाको स्कुल जुत्ता ५ सय देखि ७ सय रुपैयाँमै उपलब्ध हुने छ । त्यस्तै स्पोर्टस र पार्टी सुज उपभोक्ताले छानीछानी १ हजार ५ सय रुपैयाँमै पाउने उल्लेख छ ।