Logo

नेप्सेको वृद्धिमा लाग्यो ब्रेक, बुधबार १३ अंकले घट्दा ४३ करोडमा खुम्चियो कारोबार

नेप्सेको वृद्धिमा लाग्यो ब्रेक, बुधबार १३ अंकले घट्दा ४३ करोडमा खुम्चियो कारोबार



काठमाडौं । यो हप्ता लगातार दोहोरो अंकले बढेको नेप्सेमा बुधबार ब्रेक लागेको छ । बुधबार बजार खुलेदेखि नै ओरालो लागेको बजार अन्तमा १३ दशमलव १६ अंकले घट्न पुगेको छ ।

दोहोरो अंकले घटेको बजारमा फाइनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ८९ अंकले ओरालो लागेको छ भने जीवन बीमा समुहको परिसुचक ७३ अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि १० दशमलव ५८ ले घट्न पुगेको छ । बजारमा विकास बैंक समुहको परिसुचक १७, होटल समुह ४२ तथा माईक्रोफाईनान्स र जलविद्युत समुहको परिसुचक २१÷२१ अंकले घट्न पुगेको छ ।

दोहोरो अंकले घटेको बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । मंगलबार करिब ५२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ४२ करोड ८३ लाख रुपैयाँमा खुम्चिएको छ । दिनभर कुल १ सय ६७ कम्पनीको १३ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्