Logo

सगरमाथा ईन्स्योरेन्स र ईस्टर्न एजेन्सीबीच सम्झौता, गाडी दुर्घटना हुँदा सर्भिस सेन्टरबाटै बीमा भुक्तानी

सगरमाथा ईन्स्योरेन्स र ईस्टर्न एजेन्सीबीच सम्झौता, गाडी दुर्घटना हुँदा सर्भिस सेन्टरबाटै बीमा भुक्तानी



काठमाडौं । सगरमाथा ईन्स्योरेन्स र ईस्टर्न एजेन्सीबीच सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच ईन्स्योरेन्स र कम्पनीबीच आइसर गाडीको दुर्घटनाबाट भएको क्षतीमा क्यासलेस भुक्तानीसम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौताअनुसार आईसर गाडीमा क्षती पुगेको अवस्थामा ईस्टर्न एजेन्सीको सर्भिस सेन्टरबाट गाडी मर्मत गर्दा बीमाबापतको रकम इन्स्योरेन्सले नै भुक्तानी गर्ने भएको छ ।

सगरमाथा ईन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक प्रकाश पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
उक्त सम्झौतापश्चात अब आईसर गाडीका ग्राहकले आफुलाई परेको समयमा गाडी मर्मतका लागि रकमको ब्यवस्था गर्नुपर्ने झन्झटबाट मुक्त भएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL