Logo

नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम ४० करोड माथी, बैंक र बीमाले उचाल्यो बजार

नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम ४० करोड माथी, बैंक र बीमाले उचाल्यो बजार



काठमाडौं । केही समययता सामान्य उकालो लागेको नेप्से परिसुचक सोमबार पनि दोहोरो अंकले बढ्न पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से परिसुचक १४ दशमलव २८ अंकले उकालो लागेको छ ।

दोहोरो अंकले बढेको बजारमा कारोबारमा पनि उल्लेख्य सुधार आएको छ । दैनिक २०÷२२ करोड रुपैयाँको हाराहारीमा कारोबार भइरहेको बजारमा सोमबार बढेर ४० करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

दोहोरो अंकले बढेको बजारमा अतिरिक्त बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । बजारमा बैंकिङ र निर्जीवन बीमा कम्पनीको परिसुचक बढेसँगै नेप्से पसिुचक दोहोरो अंकले उकालो लागेको हो ।

सोमबार निर्जीवन बीमा समुहको परिसुचक ८० अंकले बढ्दा बैंकिङ समुहको परिसुचक १७ दशमलव १८ अंकले उकालो लागेको छ ।

यसैगरी विकास बैंक समुहको परिसुचक १० दशमलव १७ अंकले उकालो लाग्दा जलविद्युत समुहको परिसुचक २८ अंकले उकालो लागेको छ । बजारमा दिनभर १ सय ७१ कम्पनीको १३ लाख ४७ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्