बिजखबर संबाददाता
६ बैशाख,काठमाडौं । साताको पहिलो दिन आइतवार सुन प्रतितोला ५० रुपैयाँले घटेको छ । सो दिन स्थानीय बजारमा सुनको मूल्य ५१ हजार ६ सयमा झरेको छ ।
गत बिहीबार सुन प्रतितोला ५१ हजार ६ सय ५० मा किनबेच भएको थियो । सो दिन चाँदीको मूल्य भने स्थिर रहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतवार चाँदी प्रतितोला ६ सय ९५ रुपैयाँमा किनबेच भएको छ ।