Logo

ब्रोकरलाई मार्जिन कारोबारका लागि नेप्सले माग्यो आवेदन, यस्तो छ प्रक्रिया

ब्रोकरलाई मार्जिन कारोबारका लागि नेप्सले माग्यो आवेदन, यस्तो छ प्रक्रिया



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मार्जिन कारोबार प्रक्रिया अघि बढाएको छ । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यबिधी,२०७५ लागु गर्दै ब्रोकरसँग आवेदन माग गरेको छ ।

अबका दिनमा कार्यविधीमा तोकिएको मापदण्ड अनुसार ब्रोकर कम्पनीले मार्जिन कारोबारका लागि आवेदन दिन सक्ने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए । ‘हामीले मार्जिन कारोबारका लागि ब्रोकरसँग आवेदन माग गरिसकेका छौं,’ उनले भने, ‘उनीहरुले दिएको आवेदनको आधारमा स्वीकृति प्रदान गर्नेछौं ।’

नेप्सेले आवेदन माग गरेसँगै मार्जिन कारोबारका लागि आवेदन दिईसकेको भिजन सेक्युरिटिज्का अध्यक्ष तथा प्रबन्ध निर्देशक राजकुमार तिमल्सिनाले जानकारी दिए । ‘नेप्सेले सुचना जारी गरेसँगै आजै आवेदन दिएका छौं,’ उनले भने, ‘नेप्सेले स्वीकृति प्रदान गरेसँगै लगानीकर्तालाई मार्जिन कारोबारको सुविधा प्रदान गर्नेछौं ।

मार्जिन कारोबार गर्नका लागि कुनै पनि ब्रोकरको नेटवर्थ ५ करोड रुपैयाँ हुनुपर्दछ । हाल उक्त नेटवर्थ भएको २५ वटा जति ब्रोकर कम्पनी भएको समेत नेप्सेले जानकारी दिएको छ । ब्रोकरले गर्ने मार्जिक कारोबारको ब्याजदर भने आपसी सहमतिमा तोक्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL