Logo

रेनोको सर्भिस क्याम्प संचालनमा, निशुल्क भेहिकल चेकअप

रेनोको सर्भिस क्याम्प संचालनमा, निशुल्क भेहिकल चेकअप



काठमाडौं । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्सले आफ्नो उपभोक्ताको सुविधाका लागि रेनो सर्भिस क्याम्प संचालनमा ल्याएको छ ।

कम्पनीले फागुन १२ गते देखि संचालनमा ल्याएको उक्त सर्भिस क्याम्प चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा आयोजना हुन भएको हो । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् ।

रेनोले यो सर्भिस क्याम्पको थिम ‘ड्राइभ बेटर, लिभ बेटर’ राखेको छ । जसले ग्राहकलाई सर्वोत्तम र अनुकरणीय सेवा दिनुका साथै मर्मतको पनि सुविधा प्रदान गर्ने कम्नपीले जानकारी दिएको छ ।

यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २ सय जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निशुल्क दिइने छ । त्यसैले नजिकैको डिलरमा गएर गाडीको सर्भिसिङ र मर्मत गर्नका लागि कम्पनीले आफ्ना ग्राहकलाई आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL