काठमाडौं । स्टक ब्रोकर एशोसिएशनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादूर कार्कीको भनाई प्रति लक्षित गर्दै आन्दोलन गर्ने भएका छन् ।
गत हप्ता बोर्डका अध्यक्ष कार्कीले ब्रोकरको सुशासन तथा क्षमता प्रति प्रश्न चिह्न खडा गर्दै प्रतिस्र्धी बन्न नसकेको आरोप लगाएको भन्दै ब्रोकरले सो विरुद्ध आन्दोलन गर्ने भएका हुन् ।
अध्यक्ष कार्कीले ब्रोकरलाई कपोकल्पित र झुटो आरोप लगाएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले प्रचारात्मक, दबाबमुलक र कठोर गरी तीन चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
बोर्डका अध्यक्ष कार्कीले आफुहरुले माग गरे अनुरुप काम नगरेपछि धितोपत्र दलालहरुले लामो समयदेखि उनी विरुद्ध आन्दोलनका प्रयास जारी राखेका थिए । ब्रोकरको उक्त प्रयासहरु असफल भएका थिए । तर, पछिल्लो समय बोर्डका अध्यक्ष कार्कीले आफुहरुलाई आरोप लगाएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।