Logo

साङयोङ मोटर्सको शोरुम अब पोखरामा, यस्ता छन बिशेषता

साङयोङ मोटर्सको शोरुम अब पोखरामा, यस्ता छन बिशेषता



काठमाडौं । आइएमएस ग्रुपको आधिकारीक बिक्रेता साङयोङ मोटर्सले पोखरामा आफ्नो शोरुम संचालनमा ल्याएको छ । कम्पनीले पोखराको उत्तमचोकमा आईतबार देखी आफ्नो शोरुम सेवा सुरु गरेको हो ।

आईतबार देखी संचालनमा ल्याएको उक्त शोरुमको अर्थ तथा योजना मन्त्रालयका किरण गुरुङ, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्रा प्रेसिडेन्ट तथा कार्यकारी अधिकृत दिकेश मलहोत्रा लगायतले संयुक्त उद्घाटन गरेका हुन ।

शोरुम उद्घाटनका अवसरमा साङयोङ मोटर्सले ‘साङयोङ सुपर सेभिङ र जेएरो मेन्टनेन्स् मूल्य’ योजना पोखराका ग्राहकहरुका लागी विशेष छुटका साथ प्रदान गर्ने भएको छ ।

साथै मोटर्सले गाडीको खरिदमा २ वर्षको मेन्टनेस् खर्च समेत निशुल्क गर्ने भएको छ । स्पेश मूल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था, झन्झ्ट मुक्त तरिकाले बैंक फाइनान्स, (बेस्ट भ्यालुसेन ग्यारेन्टी) ११ दशमलब ७२ प्रतिशत, फ्रि रोड् ट्याक्स, ६० हजार किलो मिटर सम्म तिन बर्षे वारेन्टी लगायतका अफर समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL