Logo

नेप्सेको बर्गीकरण ‘ए’मा दुई बैंकमात्र, अधिकांश बैंक वित्तीय संस्था खराब सूचीमा (सूचीसहित)

नेप्सेको बर्गीकरण ‘ए’मा दुई बैंकमात्र, अधिकांश बैंक वित्तीय संस्था खराब सूचीमा (सूचीसहित)



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)ले प्रकाशित गरेको सूचीकृत संस्थाहरुको बर्गीकरणमा अघिकांश कम्पनीहरु खराबको सूचीमा परेका छन् । नेप्सेले अन्तरराष्ट्रिय प्राक्टिस अनुसार धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ अनुसार प्रकाशित गरेको सूचीकरणमा नेपालका अधिकांश बैंक वित्तीय संस्था नराम्रो अर्थात मापदण्ड अनुसार खराबको सूचीमा परेका छन् ।

नेप्सेले आज प्रकाशित गरेको बर्गीकरण सूची अनुसार ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मात्र ‘ए’ बर्ग अर्थात धेरै राम्रोको सूचीमा परेका छन् ।

धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ अनुसार ‘ए’ बर्गमा पर्नका लागि चुक्ता पूँजी १ अर्ब रुपैयाँ भएको, आर्थिक बर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गरी वित्तीय विवरण पास गरेको, धितोपत्र सूचीकरण भएको ३ बर्ष पुगेको, तीन आर्थिक बर्ष लगातार नाफामा गई लगानीकर्तालाई बोनस वितरण गरेको गरेको तथा औषत वा सोभन्दा माथीको क्रेडिट रेटिङ प्राप्त गरेको हुनुपर्छ ।

तर हाल नेप्सेमा सूचीकृति भएका कम्पनीहरुले सोही अनुरुप प्रमाण पेश गर्न नसक्दा ए बर्गमा नपरेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए । ‘हामीले सूचीकरणका लागि सबैसँग आवश्यक कागजात माग गरेका छौं,’ उनले भने, ‘जसले सूचीकरण नियमावली अनुसार कागजात पेश गरे ती कम्पनी बर्ग ए, बीमा परेर जसले कागजात पेश गर्न सकेका छैनन् उनीहरु खराब अर्थात नराम्रोको सूचीमा परेका छन् ।’ विशेषगरी केडिट रेटिङको प्रमाणपत्र पेश नगरेको र तोकिएको समायावधिभित्र साधारणसभा गरी वासलात पेश नगरेका कारण ए बर्गमा पर्न नसकेको समेत उनले जानकारी दिए ।

यसैगरी बर्ग ‘बी’ अर्थात राम्रोको सूचीमा कुनै पनि बैंक वित्तीय संस्था तथा सूचीकृत कम्पनी परेका छैनन् । यसैगरी बर्ग ‘जी’ अर्थत ठिकैको सूचीमा २९ वटा कम्पनी परेका छन् । जसमा जलविद्युत कम्पनी र लघुवित्त कम्पनीहरु रहेका छन् ।

तर, बाणिज्य बैंकहरु, विकास बैंक र इन्स्योरेन्स कम्पनीहरु भने नराम्रो अर्थात अन्तरराष्ट्रिय मान्यता अनुसार ‘जेड’ बर्गमा परेका छन् ।

कुन कम्पनी कुन बर्गमा परे सूची हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्