Logo

वाइवाइ अब आलुतामाको स्वादमा पनि, मूल्य रु. २०

वाइवाइ अब आलुतामाको स्वादमा पनि, मूल्य रु. २०


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२९ चैत,काठमाडौं । चौधरी फुड्स अन्तर्गतको सिजी फुड्सले वाइ वाइ आलुतामा बजारमा ल्याएको छ । आइतवार एक कार्यक्रमबीच आलुतामा सार्वजनिक गरिएको थियो । सो अवसरमा चौधरी ग्रुपका भाईस प्रेसिडेन्ट तथा सिजी फुड्सका प्रमुख कार्यकारी अधिकृत जिपी शाहले नेपाली उपभोक्ताको स्वादलाई सम्मान गर्दै आलुतामा उत्पादन गरिएको बताए ।

साथै यसले वाईवाईलाइ नेपाली बजारमा अर्को उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । वाइवाइ आलु तामाको प्रत्येक प्याकेटको कुल तौल ८५ ग्राम रहेको छ । यो ह्वाइट नुडल्स हो । वाइवाइ आलुतामाको मूल्य प्रति प्याकेट २० रुपैयाँ तोकिएको छ ।

कम्पनीले २०१४ डिसेम्बर देखि सञ्चालन गरेको आलुतामा रिसिप प्रतियोगितामा पाँच उत्कृष्ट कुक अफमा कल्पना भट्टराइ विजयी भएकी छिन् । उनले पुरस्कार स्वरुप ३० हजार नगद प्राप्त गरेकी छिन् ।

उनी ४२ प्रतियोगीमध्येबाट प्रथम भएकी हुन् । अन्य उत्कृष्ट चार प्रतियोगीलाइ वाइवाइ गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL