Logo

आशा लघुवित्तको सेयर बाँडफाँड, ६३ हजारले पाउँदा साढे २ लाख रित्तोहात

आशा लघुवित्तको सेयर बाँडफाँड, ६३ हजारले पाउँदा साढे २ लाख रित्तोहात



काठमाडौं ।आशा लघुवित्तको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार सेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार लघुवित्तको ६ लाख २९ हजार ९३० कित्ता सेयरका लागि कूल ३ लाख ९ हजार ७ सय ८२ जनाले आवेदन दिएका थिए । जसमध्ये धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुरुप १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ आवेदकले सेयर पाएका हुन् । आवेदन दिएकामध्ये २ लाख ४६ हजार आवेदन भने सेयर पाउनबाट वञ्चित भए ।

आवेदन दिएकामध्ये २० दशमलव ३८ आवेदकले सेयर पाएका छन भने ७९ दशमलव ६२ प्रतिशत आवेदक सेयर प्राप्त गर्नबाट बञ्चित भएका छन् । क्यापिटलका अनुसार ६ सय ७७ वटा आवेदन भने रद्ध भएको छ ।

लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता शेयर कित्ता आइपिओ निष्काशन गरेको थियो । जसमा १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको थियो ।

आईपीओ बिक्रीसँगै कम्पनीको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्