Logo

नेप्से परिसुचक सामान्य बढ्दा २२ करोडमा खुम्चियो कारोबार, तामाकोशी एक नम्बरमै

नेप्से परिसुचक सामान्य बढ्दा २२ करोडमा खुम्चियो कारोबार, तामाकोशी एक नम्बरमै



काठमाडौं । सोमबार सेयर कारोबार रकममा उल्लेख्य गिरावट आएको छ । दैनिक ३० देखि ४० करोड रुपैयाँको हाराहारीमा कारोबार भइरहेको बजारमा सोमबार खुम्चिदै २२ करोड ४३ लाख रुपैयाँमा झरेको छ ।

बजारमा माथिल्लो तामाकोशीको सेयर कारोबार रकममा गिरावट आएसँगै समग्र कारोबार रकममा गिरावट आएको हो । दोस्रो बजारमा कारोबारमा आएदेखिनै बढी कारोबार हुने कम्पनीको सुचीमा रहँदै आएको माथिल्लो तामाकोशीले सोमबार पनि सोही स्थान ओगट् समफल भएको छ । तर, अघिल्लो दिनको तुलनमा भने कारोबार रकममा गिरावट आएको छ ।

सोमबार माथिल्लो तामाकोशीको १ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा दिनभर १६५ कम्पनीको ८ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

कारोबार रकम घटेको बजारमा नेप्से परिसुचक भने सामान्य उकालो लागेको छ । दिनभर घटवढ भएको बजारमा अन्तिम समयमा नेप्से परिसुचक २ दशमलव ७९ अंकले उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL