Logo

सातामा १३ अंकले बढ्यो नेप्से, ८० करोडको कारोवार

सातामा १३ अंकले बढ्यो नेप्से, ८० करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ चैत, काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६६ कम्पनीहरुको कारोबार भएको छ । सातामा ५ हजार ९ सय ५३ कारोबारबाट कुल ८० करोड ३१ लाख २ हजार रुपैयाँ बराबरका २४ लाख १० हजार २ सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

यो साता गत साताको भन्दा बढी कारोवार भएको छ । नेप्सेका अनुसार यो साता गत साताको तुलनामा १९ दशमलव ६१ प्रतिशत बढि कारोवार रकम थपिएको छ । गत साता १ सय ६९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ५ हजार ७ सय ३२ कारोबारबाट ६७ करोड १५ लाख ५१ हजार रुपैयाँ बराबरका १९ लाख ९ हजार ६ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२ दशमलव ६४ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्से परिसुचक ९ सय ४६ दशमलव ८९ अंकमा पुगेर अडिएको छ ।

यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव यस प्रकार रहेको छ ।

share-index

यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.२७ अंकले बढेर २ सय १ दशमलव ८८ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (१९ करोड २० लाख ९० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स क. अग्रस्थानमा रहेको छ । त्यसैगरी, कारोबार भएको सेयर संख्या (चार लाख १८ हजार कित्ता) को आधारमा एनआइविएल सम्वृद्घि फण्ड–१ अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्याको आधारमा ग्लोवल आईएमई बैंक अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ५ दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिक्रिया दिनुहोस्
MBL