Logo

माघ १८ देखि सर्वसाधारणलाई आशा लघुवित्तको आईपीओ, न्युनतम १० कित्ता आवेदन दिन सकिने

माघ १८ देखि सर्वसाधारणलाई आशा लघुवित्तको आईपीओ, न्युनतम १० कित्ता आवेदन दिन सकिने



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई माघ १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ७४ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्न लागेको हो ।

आशाको आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ३ सय ७० कित्तासम्मको लागि आवदेन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।

माघ १८ गतेदेखि खुल्ने सो आईपीओमा माघ गतेसम्म आवेदन दिन सकिनेछ । यदि पहिलो चरणमा सो आईपीओ बिक्री नभएमा ढिलोमा फागुन १९ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त सेयरका लागि आस्वा सुविधा प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनसँगै २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्