Logo

अन्तिम समयमा तामाकोशीले उचाल्यो बजार, कारोबार रकममा गिरावट

अन्तिम समयमा तामाकोशीले उचाल्यो बजार, कारोबार रकममा गिरावट



काठमाडौं । दिनभरजसो सामान्य तलमाथी भएको बजार अन्तिम समयमा आएर उकालो लागेको छ ।

बजारमा कारोबार बन्द हुने समयमा माथिल्लो तामाकोशीको सेयर कारोबार बढ्दा समग्र बजार उकालो लाग्न पुगेको हो । बुधबार नेप्से परिसुचक ४ दशमलव १५ अंकले बढेर ११७३ अंकमा पुगेको छ ।

बजारमा नेप्से परिसुक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । बुधबार बजारमा माथिल्लो तामाकोशीको सेयर कम खरिदबिक्री हुँदा समग्र बजारमा कारोबार रकम पनि घट्न पुगेको हो ।

सामान्य उकालो लागेको बजारमा प्रायःजसो समुहका परिसुचक बढ्न पुगेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ५८ अंकले बढ्दा जलविद्युत समुहको परिसुक ३६ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १ दशमलव ४९ अंकले उकालो लागेको छ भने लघुवित्त १३ र अन्य समुहका परिसुचक सामान्य उकालो लागेका छन् ।

दिनभर कुल १ सय ६३ कम्पनीको १० लाख कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमा तामाकोशीको ३ करोड ७७ लाख रुपैयाँ बराबरको १ लाख ३८ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL