Logo

नेप्सेको ‘लोकल अनलाईन’ले डुवायो लगानीकर्ता, सेवोन भन्छ अर्को स्टक एक्स्चेञ्ज नभई बजार सुध्रिदैन

नेप्सेको ‘लोकल अनलाईन’ले डुवायो लगानीकर्ता, सेवोन भन्छ अर्को स्टक एक्स्चेञ्ज नभई बजार सुध्रिदैन



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले लोकल अनलाईन सिस्टम कार्यान्वनमा ल्याउदा लगानीकर्ताहरु समस्यामा परेका छन् । नेप्सेलाई पूर्ण रुपमा अनलाईन प्रणालीमा लैजानका लागि इन्टरनेशनल कम्प्याटिवल टेस्टेड सिस्टम चाहिने भएपनि नेप्सेले लोकल अनलाईन कारोबार संचालनमा ल्याउँदा समस्या आएको हो ।

तत्कालिन समयमा नेप्सेले इन्टरनेशनल टेस्टेड सिस्टम नभई स्थानीय लोकल कम्पनी वाईकोलाई अनलाईन स्टिम बनाउने जिम्मा दिएको थियो । तर, वाईकोले अनलाईन सिस्टम बनाउने जिम्मा पाएपनि सो कम्पनीसँग दक्ष जनशक्ति नभएका कारण तेस्रो पक्षेले उक्त अनलाईन तयार गरेको थियो । वाईकोले पनि एजेन्टको रुपमा काम गरेर तेस्रो पक्षसँग अनलाईन सिस्टम तयार गर्दा अझ बढी समस्या आएको सम्बद्ध स्रोतको भनाई छ ।

‘अन्तराष्ट्रिय प्रतिस्पर्धा गराएर इन्टरनेशनल कम्याटिवल टेस्टेड सिस्टम ल्याउनुपर्नेमा नेप्सेले स्थानीय वाईकोलाई जिम्मा दिएर ठूलो गल्ती गर्यो,’ उच्च स्रोतले भन्यो, ‘वाईओसँग पनि सफ्टवेयर निर्माण गर्ने दक्ष जनशक्ति नभएर तेस्रो पक्षले निर्माण गरेको भन्ने जानकारीमा आएको छ त्यो एकदमै गलत छ ।’

यसैगरी धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादूर कार्की पनि नेप्सेले संचालनमा ल्याएको लोकल अनलाईन सिस्टमबाट बजारलाई पूर्णरुपमा अनलाईन कारोबारमा लैजान नसकिने बताउँछन् । ‘हामीले २०६४ सालमै नेप्सेमा इन्टरनेशनल कम्प्याटिवल टेस्टेड सिस्टम ल्याएका थियौ जसले गर्दा सहज रुपमा चलेको थियो,’ उनले भने, ‘अहिले आएर नेप्सेले जुन रुपमा लोकल अनलाईन सिस्टम संचालनमा ल्याएको छ यसबाट बजारलाई पूर्ण रुपमा नअनलाईन कारोबारमा लैजन कठिन छ ।’ जबसम्म नेप्सेले इन्टरनेशनल कम्प्याटिवल टेस्टेड सिस्टम ल्याउँदै तबसम्म बजार पूर्ण रुपमा अनलाईन कारोबारमा जान नसक्ने समेत उनको दाबी थियो ।

नेप्सेले यही अनलाईन सिस्टमबाट बजार चलाईरहने हो भने अर्को स्टक एक्स्चेञ्जको आवश्यकता पर्ने समेत उनले जानकारी दिए । ‘अहिले नेप्सेले जुन सिस्टमबाट सेयर कारोबार चलाईरहेको अबमा दिनमा त्यसले धान्न सक्दैन,’ उनले भने, ‘अब पूर्ण रुपमा अनलाईन कारोबारमा लगेर सेयर बजारको दायरा फराकिलो बनाउन अर्को स्टक एक्स्चेञ्ज चाहिन्छ ।’ सोही अनुरुप बोर्डले नयाँ स्टक एक्स्चेञ्ज संचालनमा ल्याउने प्रक्रिया अघि बढाएको समेत उनले जानकारी दिए ।

नेप्सेले इन्टरनेशनल टेस्टेड सिस्टम नल्याएकै कारण विश्वको सेयर बजारको इतिहासमा गत हप्ता माथिल्लो तामाकोशीको सेयर ५० प्रतिशतले बढेर म्याचिङ भएको थियो । कुनै पनि कम्पनीको सेयर १० प्रतिशतभन्दा घटवढ हुन नसक्ने सामान्य विषयमा पनि अहिलेको अनलाईन सिस्टमले काम गर्न नसक्नु नै नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाईन सिस्टम फेल भएको बलियो उदाहरण भएको एक ब्रोकरले जानकारी दिए । ‘अहिले नेप्सले अनलाईन सिस्टमको विषयमा कहिले ब्रोकर कहिले लगानीकर्तालाई दोष लगाईरहेको छ,’ ती ब्रोकरले भने, ‘त्यो नेप्सेको आफु बच्ने उपाय मात्र हो ।’ नेप्सले अहिलेकै अनलाईन प्रणालीलाई इन्टरनेशनल भन्दै आएपछि यो लोकल भएको र यसबाट अनलाईन कारोबार समम्भव भएको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL