Logo

२९ गतेदेखि डिम्याटमा थप ७ कम्पनी थपिँदै, कम्पनी संख्या १४ पुग्यो

२९ गतेदेखि डिम्याटमा थप ७ कम्पनी थपिँदै, कम्पनी संख्या १४ पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२६ चैत, काठमाडौं । सेयरको अभौतिक कारोवार (डिम्याट)का लागि आगामी हप्तादेखि थप ७ वटा कम्नपी थपिने भएको छ ।

आगामी हप्तादेखि एस डेभलपमेन्ट बैंक, सनराईज बैंक, एभरेष्ट इन्स्योरेनस, बुटवल पावर कम्नी, नबिल बैं, भिवोर विकास बैंक र युनाईटेड फानान्सले सेयरका अभौतिक कारोवार गर्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ ।

यही २२ गतेदेखि ग्लोवल आईएमई बैंक, शिखर इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, यूनिलिभर नेपाल, महालक्ष्मी फाइनान्स, तारागाउँ रिजेन्सी होटल र शिखर इन्स्योरेन्सले सेयरको अभौतिक कारोवार शुरु गरेका छन् ।

सीडीएसले २०७१ बैशाख ६ गतेदेखि सवै कम्पनीको अनिवार्य रुपमा सेयरको अभौतिक कारोवार र राफसाफ गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL