Logo

तामाकोशीको सेयरमा बढ्यो चलखेल, ३६ करोडको कारोबारमा ७२ प्रतिशत हिस्सा तामाकोशीको

तामाकोशीको सेयरमा बढ्यो चलखेल, ३६ करोडको कारोबारमा ७२ प्रतिशत हिस्सा तामाकोशीको



काठमाडौं । अघिल्लो हप्ताबाट दोस्रो बजारमा कारोबारमा आएको माथिल्लो तामाकोशीको सेयरमा चलखेल बढेको छ । सुरुवाती मूल्य प्रतिकित्ता २२४ रुपैयाँबाट कारोबार भएको सेयर दैनिक १० प्रतिशतका दरले बढ्दै आज ३४२ रुपैयाँमा कारोबार भएको थियो ।

दैनिक जसो उच्च रुपमा बढेको सेयर आईतबार ३४२ रुपैयाँ पुर्याएर बजार बन्द हुँदा २९२ रुपैयाँमा झरेको छ । आईतबार बजार खुलेको केही समय बढेको सेयर पछि बिक्री चाप बढेसँगै ओरालो लागेको थियो ।

आईतबार बजारमा कुल ३६ करोड ४५ करोड रुपैयाँको कारोबार हुँदा करिब ७२ प्रतिशत हिस्सा तामाकोशीको सेयरले ओगटेको छ । तामाकोशीको दिनभर कुल २३ करोड ४३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

साढे ८ अंकले घटेको बजारमा प्रायःजसो समुहको परिसुचक ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL