बिजखबर संबाददाता
२५ चैत,काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५२ हजार तोकिएको छ ।
मंगलवार ५२ हजार १ सयमा किनबेच भएको सुन सो दिन १ सयले घटेको हो ।
चाँदीको मूलयमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदी प्रतिताला ५ रुपैयाँले घटेको हो । सो दिन चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा किनवेच भएको छ ।