Logo

अमेरिकाको ब्राण्ड जिप्पो लाइटर अव नेपालमा, बजार मूल्य २४ हजार

अमेरिकाको ब्राण्ड जिप्पो लाइटर अव नेपालमा, बजार मूल्य २४ हजार



काठमाडौं । अमेरिकि ब्राण्ड जिप्पोको ‘जिप्पो लाइटर’ नेपाली बजारमा प्रवेश गरेको छ ।

कम्पनीले जिप्पो ब्राण्ड नेपालका लागि आधिकारिक बितरकमा जिपाल कम्पनीलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।
जिपल कम्पनीले पत्रकार सम्मेलन मार्फत नेपालमा प्रवेश गरेको औपचारिक घोषणा गरेको छ ।

सो कार्यक्रममा जिपाल कम्पनी प्रालिका म्यानेजिङ डाइरेक्टर मनिष मिश्रा तथा धन बहादुर तामाङले नेपाली बजारमा पहिलो पटक आधिकारिक रुपमा जिप्पो ब्राण्डका लाइटरहरु उपलब्ध गराएको जानकारी दिएका हुन ।

‘विश्वको चर्चित र लोकप्रिय ब्राण्ड जिप्पो अब नेपालमा आधिकारिकरुपमा प्रवेश गरेको भन्दै सहज र सुलभ तरिकाले खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

नेपाली बजारमा कम्पनीले न्यूनतम २ हजार ५ सय ६० रुपैयाँ देखि २४ हजार रुपैयाँ सम्मका जिप्पो लाइटरहरु बिक्री गर्नेछ । जिप्पोले लाइटरका साथसाथै त्यसका लागि आवश्यक पर्ने एसेसरिस्, बहुउद्धेश्यिय लाइटरहरु, पुरुष तथा महिलाहरुका लागि परफ्यूम, आईवेयर, लगायतका उत्पादनहरु निर्माण गर्दछ ।

जिप्पोका लाइटरहरु हलिउड, बलिउड, म्यूजिक उद्योगमा निकै महत्वका साथ देखाउने तथा प्रयोग गर्ने गरिन्छ । हालसम्म २ हजार भन्दा बढि सिनेमा, स्टेज प्ले, टेलिभिजन शोहरुमा देखाई सकेको कम्पनीको दाबी रहेको छ ।

खरिदकर्ताले जिप्पोको उत्पादनहरुमा लाइफटाइम ग्यारेन्टी पाउने कम्पनीको दाबी रहेको छ । साथै उक्त लाइटरमा कुनै समस्या आएमा कम्पनीले नै मर्मतको सेवा समेत प्रदान गर्ने छ । त्यसैगरि यो लाइटर एक हातले नै प्रयोग गर्न सकिन्छ भने यसमा आगो पार्नको लागि आवश्यक पर्ने तरल पदार्थ जिप्पोले नै विशेषरुपमा उत्पादन गर्दछ र यसलाई पुन भर्न सकिने सुविधा छ ।

कम्पनीले नेपाली बजारमा जिप्पोका १ सय भन्दा बढि डिजाइनका लाइटरहरु बिक्री गर्नेछ । साथै नेपालमा नै जिप्पो लाइटरको सर्भिस सेन्टर छिटै संचालनमा ल्याउने तयारी समेत गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL