Logo

मार्जिन लेण्डिङले पनि नधानेपछि दिनभर उचालिएको नेप्से अन्तमा पोखियो, कारोबार रकम अर्ब माथी

मार्जिन लेण्डिङले पनि नधानेपछि दिनभर उचालिएको नेप्से अन्तमा पोखियो, कारोबार रकम अर्ब माथी



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य ओरालो लागेको छ । दिनभर दोहोरो अंकमा बढेको नेप्से परिसुचक अन्तमा ओरालो लाग्न पुगे हो ।

नेपाल राष्ट्र बैंकले ल्याएको सेयर बजार सुधार सम्बन्धी सर्कुलरका बुधबार ३२ अंकले बढेपनि बिहीबार त्यसले निरन्तरता पाउने सकेन । राष्ट्र बैंकले मार्जिन लेण्डिङको सुविधा ५० प्रतिशतबाट बढाएर ६५ प्रतिशत तथा वेट सिस्क १५० प्रतिशतबाट झारेर १०० मा ल्याएपछि बजार भने ओरालो लागेको छ ।

घट्दो बजारमा प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी होटल समुहको परिसुचक ६३ दशमलव ६३ अंकले ओरालो लागेको छ । यसैगरी बजारमा निर्जीवन बीमा समुहको परिसुक ४८ अंकले घट्न पुगेको छ ।

बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा ६ दशमलव ६६ प्रतिशतले गिरावट आउँदा व्यापार, माइक्रोफाइनान्स, फाइनान्स, जलविद्युतलगायतका समुहका परिसुचकमा सामान्य गिरावट आएको छ ।

घटेको बजारमा कारोबार रकम भने उच्च बढ्न पुगेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयर बढेर १४ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार हुँदा समग्र कारोबार बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यसैगरी नेपाल बैंकको पनि ८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

दिनभर बजारमा १ सय ७४ कम्पनीको २८ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This