काठमाडौं । सत्यवती लघुवित्त वित्तीय संस्थाको प्रथम साधरणसभाले कमल प्रसाद ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको ।
शनिबार कपिलवस्तुको गोरुसिंगेमा भएको संस्थाको प्रथम साधारणसभाले ज्ञवालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिमा ज्ञवालीका साथै पूर्णबहादुर ज्ञवाली, माधव प्रसाद आचार्य र रमा ज्ञवाली निर्विरोध निर्वाचित भएको संस्थाले जानकारी दिएको छ ।
साधारणसभामा बोल्दै संस्थाका पूर्व अध्यक्ष समेत रहेका ज्ञवालीले बैशाखदेखि सुरु भएको संस्था सफलतापूर्वक अघि बढिरहेको र यसलाई अझै सुदृढ बनाउन लागिपरेको बताएका छन । १० ओटा जिल्ला कार्यक्षेत्र रहेको संस्थाले छिट्टै थप शाखा विस्तार गर्ने भएको छ ।
कपिलवस्तुको गोरुसिंगे, ओदारी, विजयनगर, रुपन्देहीको बाँसगढी, मानपकडी, ठुटिपिपल, तिलोत्तमा चार नम्बर, नवलपरासीको भुताहा, अस्नैया, अर्घाखाचीको ठूलापोखरा, गुल्मीको खैरेनीमा गरी ११ स्थानमा शाखा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बाबुलाल नेपालले जानकारी दिएका छन ।
पाल्पाको तानसेन, नवलपरासीको बरुवा र कपिलवस्तुको लबनीमा शाखा विस्तार गर्न लागेको समेत उनले जानकारी दिएका छन ।
सभाले १ः१ हक प्रद सेयर निष्काशित गर्ने प्रस्ताव तथा अध्यक्ष ज्ञवालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र संस्थाको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।