Logo

मध्य भोटेकोशीको आईपीओ निष्काशन, ९० देखी २६० कित्ता सम्म पाए लगानीकर्ताले सेयर

मध्य भोटेकोशीको आईपीओ निष्काशन, ९० देखी २६० कित्ता सम्म पाए लगानीकर्ताले सेयर



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले निष्काशन गरेको सेयर बुधबार बाँडफाँड भएको छ । आयोजनाले बुधबार बाँडफाँड गरेको सेयरमा संचयकोषका लगानीकर्ताले ९० देखी १ सय कित्ता सम्म सेयर पाएका छन ।

९० कित्तासम्म आवेदन दिने लगानीकर्ताले माग अनुसार कै सेयर पाएका छन भने १ सय देखि ५ सय कित्ता सेयर माग गर्ने लगानीकर्ताले समेत ९० कित्तामै चित्त बुझाएका छन । तर १ सय देखि ५ सय कित्तासम्मको लागि आवेदन दिने लगानीकर्ताहरुले भने गोलाप्रथाद्वारा थप १० कित्ता हात पारेका छन । यसरी थप कित्ता सेयर पाउने लगानीकर्ता भने ४ हजार ५ सय ४३ जना रहेका छन ।

त्यस्तै कम्पनीले बाँडफाँड गरेको संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुले भने २ सय ५० कित्ता देखी २ सय ६० कित्ता सम्म सेयर पाएका छन । ८ हजार ४ सय ३९ जना लगानीकर्ताले दिएको आवेदनमा २ सय ५० कित्तामाग गर्ने लगानीकर्ताले माग अनसारकै सेयर पाएका छन भने २ सय ५० देखी ५ सय कित्ता सम्म सेयर माग गर्ने लगानीकर्ताले भने थप १० कित्ता सेयर प्राप्त गरेका छन । कम्पनीका अनुसार गोला प्रथा मार्फत थप १७ सय १२ जनालाई थप १० कित्ता परेको थियो ।

कम्पनीले कार्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म संचयकर्ताको लागि र मंसिर १९ गतेदेखि २६ गतेसम्म संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरु तथा संचय कोषका कर्मचारीको लागि सेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL