बिजखबर संबाददाता
२३ चैत,काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ । केहि दिन यता स्थिर रहेको सुन सोमवार ५२ हजार १ सय रुपैयाँमा पुगेको हो ।
आइतवार सुनको मूल्य प्रतितोला ५१ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै सोमबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर ७ सय २० पुगेको छ ।
आइतवार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भएको थियो ।