Logo

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, छिमेक लघुवित्त र नेपाल बैंकमा झुम्मिए लगानीकर्ता

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से, छिमेक लघुवित्त र नेपाल बैंकमा झुम्मिए लगानीकर्ता



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । गतहप्ता अन्तिम दिनदेखि बढेको नेप्से आईतबार १८ दशमलव ८९ अंकले उकालो लागेको छ ।

दोहोरो अंकले बढेको बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको सेयर १६७ अंकले बढेको छ भने जीवन बीमा समहको पनि १३३ अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि दोहोरो अंकले उकालो लागेको छ । सो समुहको परिसुचक १७ दशमलव ७६ अंकले बढ्दा विकास बैंक समुह १० दशमलव २२, लघुवित्त ३७ दशमलव ५२ र होटल समुहको परिसुचक ३० दशमलव ३८ अंकले उकालो लागेका छन् ।

दोहोरो अंकले बढेको बजारमा छिमेक लघुवित्त विकास बैंक र नेपाल बैंकको सबैभन्दा बढी सेयर खरिदबिक्री भएको छ । छिमेकको ५ करोड ७७ लाख रुपैयाँको कारोबारहुँदा नेपाल बैंकको ५ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भए ।

बजारमा दिनभर ४७ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १ सय ५९ कम्पनीको १४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्