काठमाडौं । चौतारी लघुवित्तले केहिदिन अघि जारी गरेको ६ लाख कित्ता साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले उक्त साधारण सेयर मध्ये साढे ५ लाख कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरेको छ ।
कम्पनीले १ सय अंकित दरको ६ लाख कित्तामध्ये यस ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र ९ हजार ३ सय कित्ता सेयर कर्मचारीहरुको लागि बाँडफाँड गरेको हो ।
साथै ५ लाख ६० हजार ७ सय कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनी मंसिर १९ गतेदेखि २३ गतेसम्म उक्त सेयर भर्नका लागि आवेदन खुला गरेको थियो ।