Logo

सेयर नपरेको रकम चेकमार्फत दिँदै तामाकोशी आयोजना, पुस १ गतेबाट सबैको रकम फिर्ता हुने

सेयर नपरेको रकम चेकमार्फत दिँदै तामाकोशी आयोजना, पुस १ गतेबाट सबैको रकम फिर्ता हुने



काठमाडौं । माथिल्लो तामाकोशीको सेयर बाडफाँड भएको महिना दिन पछि स्थानीय लगानीकर्ताको रकम फिर्ता हुने भएको छ ।

आयोजनाले करिब ८० प्रतिशत लगानीकर्ताको रकम उनिहरुकै खातामै गईसकेको बताए पनि अन्य बाँकीको भने रकम फिर्ता भएको थिएन । स्थानीयले फिर्ता रकम नदिएको भन्दै बारम्बार बैंक धाउन थाले पछि आयोजनाले एक सुचना निकाल्दै पुस १ गतेबाट चेक फिर्ता भुक्तानी गर्ने भएको छ ।

सहबिक्री प्रवन्धक सनराईज क्यापिटलले खाता नंबर, केवाईसी, बन्दभएका खाता नंम्बर प्रयोग भएको लगायतले गर्दा लगानीकर्ताको रकम फिर्ता नभएको भन्दै स्थानीयको रकम फिर्ता गर्न आनाकानी गरे पछि आयोजनाले चेक फिर्ता भुक्तानी गर्ने भएको हो ।

आयोजनाले चेक फिर्ता भुक्तानी लिन दोलखामा दरखास्त भरेका आवेदकलाई दरखास्त बुझाएकै संकलन केन्द्र तथा काठमाडौबाट भरेका आवेदकहरुको लागि भने सनराईज क्यापिटलबाट चेकमार्फत भुक्तानी लिन आग्रह समेत गरेका छन ।

यदी उक्त चेक मार्फत पनि रकम पाउन नसकेमा आफुले दरखास्त बुझाएको संकलन केन्द्र मार्फत सनराईज क्यापिटलमा जानकारी गराउन समेत आयोजनाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL