Logo

कुमारी बैंकले ल्यायो बोनस सेयरको आफर, यस्तो छ प्रस्ताव

कुमारी बैंकले ल्यायो बोनस सेयरको आफर, यस्तो छ प्रस्ताव



काठमाडौं । कुमारी बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयरको प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आईतबार बसेको बैंठकले लगानीकर्तालाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

बैंकले लगानीकर्तालाई आर्थिक बर्ष २०७३÷७४ को मुनाफासमेतबाट गरी उक्त बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।

बैंकले तत्कालिन काष्ठमाण्डप बैंक, महाकाली, काक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाईनान्सलाई गाभेको २ बर्षभित्र विद्यमान सेयरधनीलाई बोनस सेयरमा कर नलाग्ने गरी बोसन सेयर वितरण प्रस्ताव गरेको हो ।

उक्त बोनस सेयरलाई नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरे पश्चात लगानीकर्तालाई वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL