Logo

जोशी हाइड्रोपावरको आईपीओ आईतबार देखी सर्वसाधरणलाई, ८ लाख कित्तासम्म भर्न पाईने

जोशी हाइड्रोपावरको आईपीओ आईतबार देखी सर्वसाधरणलाई, ८ लाख कित्तासम्म भर्न पाईने



काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ लाख ९० हजार ४० कित्ता आईपीओ निष्कासन गरेको छ ।

आईपीओ आवेदनको लागि ४ दिनको समय दिएको निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापीटलले जानकारी दिएको छ ।

कम्पनीले १६ करोड ९० लाख ४७ हजार रुपैयाँ बराबरको १६ लाख ९० हजार ४० कित्ता आईपीओ निष्कासन गरेको हो । आईतबार देखि निष्कासन भएको आईपीओका लागि स्थानीय बाहेक अन्य सबैले उक्त सेयरको लागि आवेदन दिन सक्ने छन ।

आवेदन दिँदा मेरो सेयरबाट भर्नु पर्ने सिदार्थ क्यापीटलले जानकारी दिएको छ । क्यापीटलका अनुसार सर्वसाधरणले न्युनतम ५० कित्ता देखी ८ लाख कित्ता सम्म सेयर आवेदन भर्न पाउने भएको छ । आईपीओ निष्कास बन्द छिटोमा मंसिर १९ गते र ढिलोमा पुस १६ गतेसम्मलाई तोकिएको छ ।

निष्कासन मध्ये ५० हजार ७ सय ४१ कित्ता सेयर संस्थाका कर्मचारी, ८४ हजार ५ सय २३ कित्ता सामूहिक लगानी कोष र बाँकी १५ लाख ५५ हजार २ सय ३३ कित्ता आईपीओ सर्वसाधारणलाई खुला गरिएको सिद्धार्थ क्यापिटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्