Logo

खातामा पैसा नभए पछि स्थानीयबासीलाई चेक दिँदै आयोजना, आगामी हप्ताबाट वितरण

खातामा पैसा नभए पछि स्थानीयबासीलाई चेक दिँदै आयोजना, आगामी हप्ताबाट वितरण



काठमाडौं । माथिल्लो तामाकोशीको सेयर बाडफाँड भएको महिना दिन विते पनि आयोजनाले पैसा फिर्ता नदिएको भन्दै स्थानीयबासीले दुखेसो पोखेका छन ।

दोलखावासीका लागि खुलाइएको माथिल्लो तामाकोसीको प्राथमिक सेयर बाँडफाँट पछि एक हप्ता भित्रै सबैको रकम आ–आफनो खातामा जम्मा हुने आयोजनाले बताएका थिए । तर एक महिना सम्म पनि आयोजनाले सो रकम फिर्ता गर्न सकेको छैन ।

आयोजनाले भने अवको एक हप्ता भित्रमा सबैको रकम उपलब्ध गराउने जानकारी दिएको छ । आयोजना प्रमुख बिज्ञान श्रेष्ठले भने करिब ८० प्रतिशत लगानीकर्ताको रकम उनिहरुकै खातामै जम्मा भईसकेको र १५ प्रतिशत लगानीकर्ताको भने आवेदन भर्दा गलत खाता नंबर दिएकाले सो समस्या आएको बताए ।

प्रमुख श्रेष्ठका अनुसार यो हप्ता भित्रमा आवेदकको खातामा रकम जम्मा नभए आयोजनाले सम्बन्धित बैंकमा चेक वितरण गर्ने जानकारी दिएका छन । सेयर बाँडफाँट भएको १ महिना बितिसक्दा पनि खाता नम्बर नमिलेको, केवाईसी अपडेट नभएको भन्दै सह बिक्री प्रवन्धक सनराईज क्यापिटलले रकम जम्मा नगरे पछि आगामी हप्ता भित्रमा आयोजनाले चेक वितरण गर्ने भएको हो ।

साउन १५ गतेदेखि भदौ २१ गतेसम्मका लागि आवेदन खुलाइएको आईपीओ करिब ४ महिनापछि बाँडफाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL