Logo

लगानीकर्तालाई १ हप्ताभित्र युजरनेम र पासवर्ड, तत्काल समस्या समाधान नभए वाईकोसँगको सम्झौता तोडिने

लगानीकर्तालाई १ हप्ताभित्र युजरनेम र पासवर्ड, तत्काल समस्या समाधान नभए वाईकोसँगको सम्झौता तोडिने



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले लगानीकर्तालाई १ हप्ताभित्र युजरनेम र पासवर्ड उपलब्ध गराउने भएको छ । नेप्सेले संचालनमा ल्याएको अनलाईन कारोबार प्रभावकारी नभएको भन्दै नेप्सेको कार्यालय घेराउन गर्न गएका लगानीकर्तालाई सफ्टवेयर सेवाप्रदायक कम्पनी वाइकोले उक्त प्रतिवद्धता जाहेर गरेको हो ।

लगानीकर्तालाई सम्बोधन गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अबको १ हप्ताभित्र सेफ्टवेयर सेवाप्रदायक कम्पनी वाईकोले सम्पूर्ण समस्या हल नगरेमा सम्झौता नै रद्द गर्ने चेतावनी दिएको बताए । ‘नेप्सेले वाईकोलाई चाडैनै समस्या समाधान चेतावनी दिएको छ,’ उनले भने, ‘आजै नेप्से र वाइकोबीचको बैठकले युजर नेम पासवर्ड वितरणबारे अन्तिम निर्णय लिनेछ ।’

नेप्सेले अनलाईन कारोबार संचालनमा ल्याएसँगै बजार बढ्ने आशामा रहेका लगानीकर्ताकर्ताहरु दैनिक रुपमा निरन्तर ओरालो लागेपछि निरास भएका छन् । पछिल्लो समय उच्च रुपमा बजार घट्दै गएपछि लगानीकर्ताले दबाब स्वरुप आज नेप्सेको कार्यालय घेराउ गरेको थियो । साथै लगानीकर्ताहरुले दिनदिनै नेप्से उच्च रुपमा घट्दा विभिन्न सरोकारवालाहरुले कुनै चासो नदिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Skip This