Logo

एडिडास जुत्तामा एक्स्चेन्ज अफर, ३ हजारसम्म नगद छुट

एडिडास जुत्तामा एक्स्चेन्ज अफर, ३ हजारसम्म नगद छुट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१९ चैत,काठमाडौं । टस नेपाल प्रालिले पुरानो जुत्ताको सट्टामा नयाँ एडिडास ब्रान्डको सट्टामा नयाँ एडिडास ब्रान्डका जुत्ता एक्सचेन्ज योजना सञ्चालनमा ल्याएको छ । कम्पनी नेपालका लागि एडिडास ब्रान्डका जुत्ताको आधिकारिक बिक्रेता हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले सञ्चालनमा ल्याएको सो योजनामा ग्राहकले आफ्ना कुनै पनि ब्रान्डका लगाउन योग्य पुराना जुत्ताको सट्टामा एडिडास ब्रान्डका जुत्ता खरिद गर्दा २ हजारदेखि ३ हजार रुपैयाँ छुट पाउनेछन् ।

६ हजार ९नौसय ९९ पर्ने प्रत्येक एडिडास जुत्ताको खरिदमा २हजार छुट र ७ हजार वा त्यो भन्दा धेरैको जुत्तामा ३ हजारसम्म छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले एक्सचेन्ज योजना अन्र्तगत संकलित पुराना जुत्ता न्यानो संसार र जुम्लाका गिनिज बुकमा नाम दर्ता गराउन सफल अन्तरराष्ट्रिय धावक खेलाडी हरि रोकायालाई हस्तान्तरण गर्ने कम्पनीले जानकारी दिएको छ । न्यायो संसारले देशका विभिन्न स्थानमा रहेका गरिब जनतालाई जाडोयामका लागि आवश्यक लत्ताकपडा वितरण गरिरहेको छ ।

योजना शुक्रबार देखि सुरु हुने भएको छ । एक महिना चल्ने योजनामा चप्पल, हिल जुत्ता, छालाका जुत्ता, बच्चाका जुत्ता तथा लगाउन नमिल्ने पुराना जुत्ता भने समावेश नगरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL