Logo

नेप्सेमा सामान्य बृद्धि,१४ करोडको कारोवार

नेप्सेमा सामान्य बृद्धि,१४ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१९ चैत,काठमाडौं । साताको अन्तिम दिन बिहीवार नेप्से परिसुचक सामान्य बढेको छ । सो दिन नेप्से ० दशमलव ५५ अंकले बढेर ९ सय ४० अंकमा पुगेको हो । बुधवार ६ दशमलव २० अंकले घटेको थियो ।

कारोवारमा आएकामध्ये बैंकिङ, फाइनान्स र बीमा समुहको परिसुचक उकालो लागेकोले समग्र नेप्से बजारमा सकारात्मक प्रभाव पारेको हो ।

बिहीवार बैंकिङ समुहको परिसुचक ४ दशमलव ६३ अंकले बढेको छ । त्यस्तै फाइनान्स तथा बीमाको परिसुचक क्रमशः ०दशमलव ५७ र ० दशमलव २६ अंकले बढेको छ । यता ट्रेडिङ, होटल, विकास बैंक,जलविद्युत तथा अन्य समुहको परिसुचक भने ओरालो लागेको छ ।

होटल समुहको परिसुचक सवैभन्दा बढी ३४ दशमलव ५ अंकले घटेको छ । त्यस्तै अन्य समुह ११ दशमलव ७५, जलविद्युत ७ दशमलव ५९,ट्रेडिङ ३ दशमलव ३८ र विकास बैंकको ० दशमलव ३३ अंकले घटेको छ । १ सय ३१ कम्पनीको ३ लाख ९४ हजार कित्ता सेयर किनबेचबाट १४ करोड १४ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL