काठमाडौ । नेपाल पश्मिना उद्योग संघले विभिन्न ब्रान्डका अन्य कपडा उद्योगहरुले पश्मिनाको नाम बेच्दै आफ्नो व्यापार बढाएको र पश्मिना उद्योग धरापमा परेकोमा आपत्ती जनाएको छ ।
नेपालमा पहिलेदेखि गरिँदै आएको पश्मिनाको निर्यात विस्तारै घट्दै गएको भन्दै संघले अन्य कपदा उद्योगहरुको पश्मिना उद्योगलाई नै धरापमा पारेको बताएको छ ।
हाल विभिन्न कपडा उद्योगहरुले नाईलन, पोलिस्टर लगायतका कपडालाई पनि पश्मिना भन्दै विक्रीवितरण गरिरहेको संघको भनाई छ । संघले आज एक कार्यक्रमको आयोजना गर्दै नेपाल सरकारले पश्मिनाको निर्यात प्रवद्र्धन गर्नका लागि विभिन्न्न किसिमका नितिनियम तथा सहि पश्मिनाको पहिचान गर्ने गरि टेस्टिङ सेन्टर स्थापना नगरे नेपालको एकमात्र निर्यात जन्य बस्तुको अस्तित्व नरहने जानकारी दिएको हो ।
पश्मिना च्याङ्ग्राको उनबाट बन्ने तर अन्य उद्योगहरुको नाइलन पोलिस्टर लगायतबाट बनेका सलहरु पनि पश्मिनाको लेवल राखेर बेच्ने गरेका छन ।
उक्त लेवलले नेपालको पश्मिनामाथि प्रश्न खडा गर्ने र नेपालको पश्मिनाको विदेशमा गलत प्रचार हुने संघको भनाई छ ।
नेपालमा अव पश्मिनाको परिक्षणका लागि प्रविधि भित्र्याउने र सोहि अनुसार पश्मिना उद्योगले धोका खानु नपर्ने गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववाबु पुडासैनीले जानकारी दिए ।
यस्तै उद्योग वाण्ज्यि तथा आपुर्ति मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले पश्मिनाको उत्पादनमा डाईभर्सीटी ल्याउनुपर्ने र सल मात्रै नभएर स्वीटर, ज्याकेट लगायतका उत्पादन ल्याउनुपर्ने जानकारी दिएका छन ।