Logo

माथिल्लो तामाकोशीमा ३ दिनमा ४ अर्बको आवेदन, २ लाख ५ हजार आवेदनकर्ता

माथिल्लो तामाकोशीमा ३ दिनमा ४ अर्बको आवेदन, २ लाख ५ हजार आवेदनकर्ता



काठमाडौं । माथिल्लो तामाकोशीले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक सेयरमा ३ दिनमा ३ अर्ब ९५ करोड रुपैयाँको आवेदन परेको छ ।

बहुचर्चित उक्त आयोजनाको सर्वसाधारणलाई जारी गरिएको सो सेयरमा ३ दिनमा मागको साढे २ गुणा आवेदन परेको हो । कम्पनीले सर्वसाधारणको लागि १ अर्ब ५८ करोड रुपैयाँको आइपिओ निष्काशन गरेको हो ।

आइतबारसम्ममा कुल २ लाख ५ हजार जनाले आवदेन दिएका छन । न्यूनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL