बिजखबर संवाददाता
१८ चैत,काठमाडौं । बुधवार नेप्से परिसुचक पून बियरिस प्रबृत्तिमा देखिएको छ । मंगलवार बुलिस ट्रेन्डमा गएको सेयर बजार बुधवार ६ दशमलव २० अंकले घटेर ९ सय ३९ अंकमा झरी बजार बन्द भएको हो ।
बुधवार कारोवारमा आएका मध्ये होटल समुहको परिसुचक सवैभन्दा बढी ४१ दशमलव ६३ अंकले घटेको छ । त्यस्तै बीमा समुहको परिसुचक ३६ दशमलव ३ र जलविद्युतको १० दशमलव ३ अंकले गिरावट आएको छ ।
विकास बैंकको ८ दशमलव ७२, बैंकिङ समुहको ५ दशमलव ३६ र फाइनान्स समुहको सुचक १ दशमलव १८ अंकले गिरावट आएको छ ।
यता उत्पादन तथा अन्य समुहको परिसुचक भने स्थिर छ ।
बुधवार १ सय २१ कम्पनीको ३ लाख ८३ हजार कित्ता सेयर किनबेचबाट १२ करोड २७ लाखको परिचालन भएको छ ।