Logo

माथिल्लो तामाकोशीको सेयरमा नपरेको रकम सोमबारबाट फिर्ता हुँदै, रकम बैंक खातामा जम्मा हुने

माथिल्लो तामाकोशीको सेयरमा नपरेको रकम सोमबारबाट फिर्ता हुँदै, रकम बैंक खातामा जम्मा हुने



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयबासीको सेयरमा नपरेको पैसा सोमबारबाट फिर्ता गर्ने भएको छ ।

आयोजनाले स्थानीको लागि बिहीबार १ करोड ५ लाख ९० हजार कित्ता सेयर बाँडफाँड गरेको थियो । आयोजनाले बाँडफाँड पछि ५ दिन भित्रै स्थानीयबासीको सेयरमा नपरेको पैसा फिर्ता गर्ने बताएका थिए ।

सोही अनुसार उक्त रकम सोमबारबाट बैंक खातामा फिर्ता हुने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिएका छन । सेयरमा नपरेको बाँकी रकम सबैको बैंक खातामा नै हाल्ने तयारी गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन ।

आयोजनले बाँडफाँड गरेको उक्त सेयर अति प्रभावित ‘क’ वर्गका स्थानीयलाई ३० देखि १०२ कित्ता, ‘ख’ बर्गलाई ३० देखि ४८ कित्ता र ‘ग’ बर्गका स्थानीयबासीलाई ३० देखि ३४ कित्ता सेयर पेरका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL