Logo

तामाकोशी जलविद्युत आयोजनाको सेयर बाँडफाँड, कस्ले कति पाए, सुची सहित

तामाकोशी जलविद्युत आयोजनाको सेयर बाँडफाँड, कस्ले कति पाए, सुची सहित



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयको लागि छुट्याएको १० प्रतिशत सेयर आज बाँडफाँड गरेको छ ।
आयोजनाले दोलखाबासी स्थानीयलाई १ करोड ५ लाख ९० हजार कित्ता सेयर (आईपीओ) आज वितरण गरेको हो ।

आयोजनले बाँडफाँड गरेको उक्त सेयर अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमेजिम पाएका छन भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाएका छन् ।

ख बर्गका ३० देखि ४० कित्ता माग गर्नेलाई माग बमोजिम र ५० देखि ३०० कित्ता माग गर्ने आवेदकलाई ४८ कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।

यस्तै ग बर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र सोभन्दा माथी अवेदन गर्नेले ३४ कित्ता पाएका छन् । आज वितरण गरेको सेयर न्युनतम ३० देखि १०२ कित्तासम्म स्थानीयले सेयर पाएका छन ।

आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण सेयर (आइपीओ) बिक्री गरेको ४ महीनापछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आज सेयर बाँडफाँड गरेको हो ।

आयोजनाले सेयर बाँडफाँड पछि आवेदकको बाँकी रकम भने ५ दिनभित्रै आवेदन भरेको खाता मार्फत नै फिर्ता गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL