बिजखबर संवाददाता
१८ चैत,काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ सय ५० रुपैयाँले बढेको छ ।
मंगलवार ५१ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन बुधवार प्रतितोला ५१ हजार २ सय ५० पुगेको हो । त्यस्तै सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बुधवार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा किनबेच भएको छ ।