Logo

तामाकोशी जलविद्युत आयोजनाको सेयर बुधबार बाँडफाँड हुने, स्थानीयले न्युनतम ३० देखि ९० कित्ता सम्म सेयर पाउने

तामाकोशी जलविद्युत आयोजनाको सेयर बुधबार बाँडफाँड हुने, स्थानीयले न्युनतम ३० देखि ९० कित्ता सम्म सेयर पाउने



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले स्थानीयको लागि छुट्याएको १० प्रतिशत सेयर भोली बाँडफाँड हुने भएको छ ।

आयोजनाले स्थानीय दोलखाबासीका लागि जारी गरेको सेयर बुधबार बाँडफाँड हुने आयोजना प्रमुख बिज्ञान श्रेष्ठले जानकारी दिएका छन । आयोजनाले स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर वितरण गर्न लागेको हो ।

कम्पनीले बर्गीकरण अनुसार सेयर बाँडफाँड गर्ने जानकारी दिएको छ । सेयर बाँडफाँड गर्दा आवेदकलाई न्यूनतम ३० देखि ९० कित्तासम्म सेयर वितरण गर्ने बिक्री प्रबन्धकको तयारी छ । तर आयोजनाले स्थानीयलाई ३ समुहमा सेयर वितरण गर्ने भएको छ । आयोजना प्रमुख श्रेष्ठका अनुसार क, ख, ग समुहलाई सेयर वितरण गर्ने छ ।

कार्तिक १५ गते देखि सर्वसाधरणको लागि सेयर आवेदन खुल्ने भएकाले पनि स्थानीयको सेयर बुधबार बाँडफाँड गर्न लागिएको श्रेष्ठले बताए ।

आयोजनाले सर्वसाधरणको लागि १५ गते देखि ४ दिन आवेदन खुल्ला गर्ने भएको छ । सर्वसाधरणको लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर विक्री गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL