Logo

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, कारोबार रकमले पनि छाड्यो साथ

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, कारोबार रकमले पनि छाड्यो साथ



काठमाडौं । नेप्से परिसुचकमा लगातार दोहोरो अंकको गिरावट देखिएको छ । आईतबार करिब १५ अंकले घटेको नेप्से परिसुचकमा सोमबार १० दशमलव १४ अंकले गिरावट आएको छ ।

सोमबार बजार खुलेदेखि ओरालो लागेको बजार बन्द हुँदा १ हजार २ सय १७ अंकमा झरेर रोकिएको छ । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक घट्न पुगेको छ । सो समुहको परिसुचक ७६ अंकले घट्दा दोस्रोमा सबैभन्दा बढी होटल समुहको परिसुचक रहेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहक परिसुचकमा पनि करिव दोहोरो अंकको गिरावट आएको छ । सो समुहको परिसुचक ८ दशमलव ६८ अंकले घट्दा विकास बैंक १२, माइक्रोफाइनान्स ९ र जलविद्युत समुहको परिसुचकमा ११ अंकको गिरावट आएको छ ।

सोमबार नेप्से परिसुचकसँगै कारोबार रकममा पनि गिराव आएको छ । दिनभर कुल २४ करोड ९१ लाख रुपैयाँको मात्र कारोबार भएको छ । जसमा १ सय ६० कम्पनीको ९ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री भए ।

प्रतिक्रिया दिनुहोस्
MBL