Logo

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, सबै समुहका परिसुचक रातो

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, सबै समुहका परिसुचक रातो



काठमाडौं । साताको पहिलो दिन बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा दोहोरो अंकले घट्न पुगेको छ । सुरु देखि घटेको नेप्से परिसुचक बजार बन्दा हुँदा १४ दशमलव ७३ अंकले घटेको हो ।

बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक ८० अंकले घट्न पुगेको छ भने जीवन बीमा समुहको परिसुचक ५४ अंकले घटेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी हिस्सा ओगटेको बैंकिङ समुहको परिसुचकमा पनि १६ दशमलव ८१ अंकको गिरावट आएको छ भने विकास बैंक १० र माइक्रोफाईनान्स समुहको परिसुचक १५ अंकले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा कारोबार रकममा भने सामान्य सुधार आएको छ । दिनभर ३२ करोड ६४ लाख रुपैयाँका सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ६० कम्पनीको ११ लाख ९७ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL