काठमाडौं । बजार खुलेको केही समय ओरालो लागेको नेप्से परिसुचक अन्तिम समयमा आएर साढे ७ अंकले बढ्न पुगेको छ ।
अघिल्ला दिनमा आरोलो लागेको बजार बुधबार ७ दशमलव ४५ अंकले उकालो लागेको हो । बुधबार नेप्से परिसुचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।
बजारमा २३ करोड २८ लाख रुपैयाँको सेयर खरिदबिक्री हुँदा १ सय ५२ कम्पनीका ८ लाख ९१ हजार कित्ता सेयर कारोबार भएको छ ।
बुधबार सबै समुहको परिसुचक हरियो भएका छन् । जसमा सबैभन्दा बढी होटल समुहको परिसुचक ७० अंकले बढ्दा निर्जीवन बीमा कम्पनीको परिसुचक ६० अंकले उकालो लागेको छ ।
यसैगरी जीवन बीमा समुहको परिसुचक ४० अंकले बढ्दा बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा ४ दशमलव ६१ अंकको वृद्धि भएको छ ।
बुधबार ४ कम्पनीको मात्र १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भए । जसमा प्रभु बैंकको सबैभन्दा बढी ३ करोड ३७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।