Logo

आजदेखि हिमालयन ऊर्जाको आईपीओ, यी हुन आवेदन दिन सकिने स्थान

आजदेखि हिमालयन ऊर्जाको आईपीओ, यी हुन आवेदन दिन सकिने स्थान



काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले आजदेखि प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । आयोजनाले पहिलो चरणमा प्रभावित क्षेत्रका लागि ९ लाख ९० हजार कित्ता आइपिओ बिक्री खुला गरेको हो ।

कम्पनीले छिटोमा कात्तिक २७ गतेसम्म ढिलोमा मंसिर ५ गतेसम्म निष्काशन गर्ने सेयर निष्काशन गर्ने भएको छ ।

उक्त सेयरमा प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० कित्ता र अधिकतम ४ हजार ९ सय कित्तासम्मको लागि आवदेन दिन सक्नेछन्
कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमामा बग्ने खिम्ति खोलामा दुई वटा आयोजना निर्माण गरिरहेको छ।

उपल्लो खिम्ति आयोजनाको जम्मा लागत १ अर्ब ९१ करोड रुपैयाँ र अपर खिम्ति आयोजनाको जम्मा लागत १ अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

आइपिओ आवेदनका लागि कम्पनीको आयोजना स्थल रामेछाप, सिद्धार्थ बैंक रामेछाप, प्राइम बैंक जिरी, सञ्चुरी बैंक जिरी र एनएमबी बैंक दोलखाबाट पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL