Logo

माथिल्लो तामाकोशीको सेयर एक हप्ता भित्रै बाँडफाँड, सर्वसाधरणलाई कात्तिक १५ बाट

माथिल्लो तामाकोशीको सेयर एक हप्ता भित्रै बाँडफाँड, सर्वसाधरणलाई कात्तिक १५ बाट



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर एक हप्ता भित्रै बाँडफाँड हुने भएको छ । आयोजनाले स्थानीय दोलखाबासीका लागि जारी गरेको सेयर अबको एक हप्ताभित्र वितरण गर्न लागेको हो ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार कात्तिक १४ गते अगाडीनै स्थानीयलाई १ करोड ५ लाख ९० हजार कित्ता सेयर वितरण गर्न लागेको हो । आयोजनाले स्थानीयको लागि साउन १६ गते देखी भदौ १४ सम्मको लागि सेयर आवेदन खुला गरेको थियो । तर, सो समयावधिभित्र स्थानीयको आवेदन कम परेपछि पुनः १ हप्ताको लागि समय थप गरेको थियो ।

सो अवधिमा करिब २ लाख ७५ हजार आवेदन (९८ प्रतिशत) परेको थियो । आयोजनाले स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्न आवेदन खुला गरेको थियो । कुल २ करोड ६४ लाख ७५ हजार कित्ता प्राथमिक सेयरमध्ये १ करोड ५ लाख ९० हजार कित्ता आयोजना प्रभावित स्थानीयलाई वितरण गर्न लागेको हो ।

स्थानीयबासीको लागि खुला गरेको सेयर भदौ २१ गतेसम्ममा २ लाख ७५ हजार आवेदनबाट करिब ३ अर्ब ७० करोड रुपैयाँ रकम संकलन भएको थियो ।

आयोजनाले बाँकी १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर भने कात्तिक १५ गते देखि खुल्ला गर्ने भएको छ । सर्वसाधरणको लागि ४ दिनको समय सिमा तोकेर खुल्ला गर्न लागिएको सेयर भने १८ गते आईतबार सम्मको समय तोकेको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्